‘लश्कर ए तोइबा’ अमेरिकी आतंकवादी सूचीमा कायमै « Khabarhub

‘लश्कर ए तोइबा’ अमेरिकी आतंकवादी सूचीमा कायमै


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन–अमेरिकी विदेश मन्त्रालयले लश्कर ए तोइबा लगायतका समूहहरुलाई आतंकवादी संगठनको सूचीमा कायमै राखेको छ ।

अमेरिकी विदेश मन्त्रालयले अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २१९ र कार्यकारी आदेश १३२२४ अन्तर्गत यी आतंकवादी समूहहरुको नाम संज्ञाबारे संशोधन गर्दै यी समूहहरुलाई अन्तराष्ट्रिय आतंकवादी संगठनको सूचीमा कायमै राखेको हो ।

विदेश मन्त्रालयले अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २१९ अन्तर्गत जयस रिजल अल तारिक अल नक्सबन्दी, अल नुस्रा फ्रन्ट, कन्ट्युनिटी आइरिस रिपब्लिकन आर्मी, नेसनल लिबरेसन आर्मी लगायतका संगठनहरुको आतंकवादी संगठनहरुलाई समेत सूचीमा कायमै राख्दै समिक्षा गरेको छ ।

अमेरिकामा अन्तराष्ट्रिय आतंकवादी संगठन (एफटीओ) तथा विशेष विश्वब्यापी आतंककारी (एसडीजिटी०)मा सूचीकृत समूहहरुलाई सबै किसिमको सहायतामा प्रतिबन्ध छ ।

यस्ता आतंकवादी समूहहरुको सम्पति तथा रकमका श्रोतहरुमा अमेरिकाको नियन्त्रण रहने, यी समूहमा आबद्ध व्याक्तीहरु प्रतिबन्ध गर्ने, अमेरिकी नागरिकहरु यस्ता आतंकवादी समूहहरुसँग कुनै किसिमको कारोबार गर्न निषेधित छन् ।

यस्ता आतंकवादी समूहहरुसँग आबद्ध तथा सहायता गर्नु संघीय अपराध मानिन्छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो शंसोधन र समिक्षाले यी समूहहरु अझै आतंकवादीको सूचीमा रहेको स्पष्ट पारेको छ । यी आतंकवादी समूहहरुमाथि अमेरिकी आर्थिक सहायतामा प्रतिबन्ध कायमै रहने छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : ०८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको