‘लश्कर ए तोइबा’ अमेरिकी आतंकवादी सूचीमा कायमै « Khabarhub

‘लश्कर ए तोइबा’ अमेरिकी आतंकवादी सूचीमा कायमै


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन–अमेरिकी विदेश मन्त्रालयले लश्कर ए तोइबा लगायतका समूहहरुलाई आतंकवादी संगठनको सूचीमा कायमै राखेको छ ।

अमेरिकी विदेश मन्त्रालयले अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २१९ र कार्यकारी आदेश १३२२४ अन्तर्गत यी आतंकवादी समूहहरुको नाम संज्ञाबारे संशोधन गर्दै यी समूहहरुलाई अन्तराष्ट्रिय आतंकवादी संगठनको सूचीमा कायमै राखेको हो ।

विदेश मन्त्रालयले अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २१९ अन्तर्गत जयस रिजल अल तारिक अल नक्सबन्दी, अल नुस्रा फ्रन्ट, कन्ट्युनिटी आइरिस रिपब्लिकन आर्मी, नेसनल लिबरेसन आर्मी लगायतका संगठनहरुको आतंकवादी संगठनहरुलाई समेत सूचीमा कायमै राख्दै समिक्षा गरेको छ ।

अमेरिकामा अन्तराष्ट्रिय आतंकवादी संगठन (एफटीओ) तथा विशेष विश्वब्यापी आतंककारी (एसडीजिटी०)मा सूचीकृत समूहहरुलाई सबै किसिमको सहायतामा प्रतिबन्ध छ ।

यस्ता आतंकवादी समूहहरुको सम्पति तथा रकमका श्रोतहरुमा अमेरिकाको नियन्त्रण रहने, यी समूहमा आबद्ध व्याक्तीहरु प्रतिबन्ध गर्ने, अमेरिकी नागरिकहरु यस्ता आतंकवादी समूहहरुसँग कुनै किसिमको कारोबार गर्न निषेधित छन् ।

यस्ता आतंकवादी समूहहरुसँग आबद्ध तथा सहायता गर्नु संघीय अपराध मानिन्छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो शंसोधन र समिक्षाले यी समूहहरु अझै आतंकवादीको सूचीमा रहेको स्पष्ट पारेको छ । यी आतंकवादी समूहहरुमाथि अमेरिकी आर्थिक सहायतामा प्रतिबन्ध कायमै रहने छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : ०८ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ