हरिहर–सावित्री स्मृति पुरस्कार नेपालीलाई « Khabarhub

हरिहर–सावित्री स्मृति पुरस्कार नेपालीलाई


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ साहित्यकार राजेश्वर नेपालीलाई हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको अपराजिता फाउण्डेशनद्वारा आयोजित कार्यक्रमका बीच उनलाई सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा त्रिवि केन्द्रीय हिन्दी विभागका प्रमुख डा सञ्जिता वर्माले उनलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिन् ।

सो अवसरमा उनले भनिन्, “वरिष्ठ पत्रकार तथा साहित्यकार नेपालीको लामो हिन्दी पत्रकारिता तथा हिन्दी सेवाको लागि फाउण्डेशनले हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरेको छ, उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”

पुरस्कृत व्यक्तित्व नेपालीले आफूले पत्रकारिता र साहित्य साधनाका लागि विसं २०४३ देखि अहिलेसम्म दर्जनौँ पुरस्कारबाट पुरस्कृत तथा पाँच दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भए तापनि फाउण्डेशनले आज पुरस्कृत गरेकामा सम्वद्ध सबैलाई धन्यवाद दिन्छु भनिन् । उनले भनिन्, “यसले मलाई अझ निभीृक पत्रकारिता र साहित्य साधनामा थप ऊर्जा प्रदान गर्नेछ ।”

वरिष्ठ साहित्यकार चन्द्रशेखर राय चमनले नेपालीको ६ दशकको दीर्घ पत्रकारिता तथा साहित्य साधना सबैका लागि प्रेरणाप्रद रहेको बताउँदै फाउण्डेशनले पुरस्कार प्रदान गरेर प्रशंसनीय काम गरेको छ भने ।

नेपाल पत्रकार महासङ्घ धनुषाका सचिव पुरन साह, नेपाल प्रेस युनियनका पूर्वजिल्ला अध्यक्ष कमल साह, नेपाल हिन्दी प्रतिष्ठानका वरिष्ठ सदस्य जनकनन्दनी शरण, राजनन्दनप्रसाद साह, कैलाश प्रसादलगायतले साहित्यकार नेपालीले पत्रकारिता र साहित्य क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसा गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले