अपहरणमा परेको ७ घण्टामा धनुषाबाट एक बालकको सकुशल उद्धार « Khabarhub

अपहरणमा परेको ७ घण्टामा धनुषाबाट एक बालकको सकुशल उद्धार


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाबाट अपहरणमा परेका एक बालकको प्रहरीले ७ घण्टाभित्रै सकुशल उद्धार गरेको छ । अपहरण गरी १ करोड फिरौती मागेको अरोपमा प्रहरीले बालकका मामा र बुबासहित ३ जना पक्राउ गरेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको हो ।

ती बालकलाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।

डीआईजी सिंहका अनुसार बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ ।

बालक अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा जानकारी दिन प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया