चीनबारेको क्लब हाउस एपको लोकप्रियता बढ्दो « Khabarhub

चीनबारेको क्लब हाउस एपको लोकप्रियता बढ्दो


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन डीसी– अमेरीकी मोबाइल एप क्लब हाउसमा एक साता भित्रै हजारौं चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ता जोडिएका छन् ।

विश्वका विभिन्न ठाउँबाट जोडिएका चिनियाँ भाषीहरुले ताइवानी विषय तथा सिन्जियाङ प्रान्तमा मुस्लिम अलपसंख्यक उइघुरमाथि सरकारी दमनबारे आफ्नो अनुभव र छलफल गरेका छन्।

चीनको विवादित विषयहरु ताईवान र सिन्जियाङ क्षेत्रबारे छलफल र बहसका लागि एक साता मै हजारौं चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ता क्लब हाउस एपमा जोडिएका हुन् ।

सरकारको टिप्पणी, आलोचनामाथि कडा निगरानी हुने चीनमा यस्ता प्रकारका विषयहरुमा खुला बहस गर्न प्रतिबन्ध छ । पछिल्लो समय यो एप चीनमा पनि बिना भीपीएन् (भर्चुअल प्राइभेट नेटवर्क)मार्फत सञ्चालनमा आएको जनाइएको छ।

अडियो आधारको यो एपमा प्रयोगकर्ताहरुले जानकारीमुलक वार्तालाप गर्ने, छलफल तथा बहसहरु चलाउन सक्नेछन् । सन् २०२० मार्चमा बनेको क्लब हाउस एप हाल आइफोनमा मात्र उपलब्ध रहेको छ भने यस्को प्रयोगका लागि गैर–चिनियाँ (चीनमा नरहेको) एप्पल एकाउण्ट हुनुपर्ने ब्यबस्था छ ।

यो एप शिक्षित वर्गका लागि मात्र सहज भएको र चीनको सर्वसाधारणमा त्यती सहज पहुँच भए चीनले प्रतिबन्ध लगाउने निश्चित रहेको हङकङका प्राध्यापक फाङ केचेङले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको