प्रधानमन्त्रीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : पौडेल « Khabarhub

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : पौडेल


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई पार्टी सभापति शेरबहादुर देउवाले साथ दिएको आरोप लगाएका छन् ।

आज प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताए । उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए।

उनले भने, ‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले । संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’

नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रह गरे। उनले संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताउँदै प्रतिनिधि सभा विघटनका विपक्षमा उभिन समेत आग्रह गरे।

उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : २१ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन