कोरोनाका चार नयाँ भेरियन्ट फेला, विदेशमा थप एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोनाका चार नयाँ भेरियन्ट फेला, विदेशमा थप एक नेपालीको मृत्यु


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ ।

सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माले जानकारी दिए ।

खोप अभियानमा सहभागी बनौँ

स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।

संयुक्त अधिराज्य, क्यालिफोर्निया देश तथा एशिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी सङ्क्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ ।

विभिन्न दीर्घ रोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिनसक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकालाई खोप नलगाउन भनिएको छ यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  २ : ३० बजे

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका

खुमलटारमा रवीन्द्र मिश्र, प्रचण्डलाई भने : राजतन्त्र नफर्काए देश विस्फोटतिर जाँदैछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी

मुखमा कालो टेप टाँसेर सडकमा दुर्गा प्रसाईंका समर्थक (तस्बिरहरू)

काठमाडौं- बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ