मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहायता सेवा सुरू « Khabarhub

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहायता सेवा सुरू


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधाका लागि आफ्नो वेबसाइट मार्फत बैंकले सो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकले उक्त भर्चुअल सहायता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टा लिन सक्नेछन् ।

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको जनाएकाे छ ।

बैंकका अनुसार उक्त सेवा प्रयोगका लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाई वा बैंकको मासकट ‘मुक्तिभाई’ क्लिक गरी त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : १६ बजे

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा