कोरोनाको खोप लगाउने सूचीको प्राथमिकतामा सवारी चालकदेखि शिक्षकसम्म « Khabarhub

कोरोनाको खोप लगाउने सूचीको प्राथमिकतामा सवारी चालकदेखि शिक्षकसम्म


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारतबाट खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज नेपाल आएसँगै शिक्षक तथा सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप लगाउन पाउने भएका छन् ।

भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित मातहतका प्रमुखहरुको शनिबार बसेको बैठकले कोभिड-१९ खोप कार्यान्वयनको प्रगति पुनरावलोकन र समीक्षा गर्दै महाविद्यालय तथा विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई दोस्रो प्राथमिकताको खोप लगाउने निर्णय गरेको हो ।

उनीहरुसँगै जेष्ठ नागरिकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ ।

यस्तै, जोखिम तथा अग्रपंतिमा रहेका दर्ता भएका औषधी पसलमा कार्यरत र प्रयोगशालामा कार्य गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीहरुलाई समेत यही चरणमा खोप उपलब्ध गराइने भएको छ । उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन् ।

भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि कोरोना खोप अभियान सुरु गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ५९ बजे

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख