उपचारका लागि दिल्ली पुगेका डा. भट्टराई भने : अत्यन्त लज्जित छु « Khabarhub

उपचारका लागि दिल्ली पुगेका डा. भट्टराई भने : अत्यन्त लज्जित छु


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जानुपरेकोमा आफू लज्जित भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दु:खित रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरूलाई धन्यावाद’ डा.भट्टाराइले ट्टविरमा लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको के होला?’

यस्तो छ उनको ट्वीट

डा भट्टराई नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे दिल्ली प्रस्थान गरेका थिए। पेटमा समस्या देखिएपछि लामो समयदेखि उनले काठमाडौँको निदान अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराईरहेका थिए। चिकित्सकको सिफारिसमा उनी दिल्ली गएका हुन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : २३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित