भाञ्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामा पक्राउ | Khabarhub Khabarhub

भाञ्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामा पक्राउ


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– आफ्नै भाञ्जा अपहरण गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

महोत्तरीको साबिक दनौली–७ र अहिलेको पिपरा गाउँपालिका–७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने नातामा नाबालकका मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

शनिबार दिउँसो १ बजेदेखि हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा मोबाइलबाट फोन गरी बालकको आमासँग रु एक करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोनमार्फत सीमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खबर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले जनाए ।

प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न बालकका मामासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ५७ बजे

भारतलाई पाकिस्तानको जवाफ- फेरि अर्को कुनै गल्ती नहोस्

इस्लामावाद- पीएम मोदीको राष्ट्रका नाम सम्बोधनमा उठाइएका दाबीहरूमा पाकिस्तानको प्रतिक्रिया

विषाक्त रक्सी सेवनबाट भारतको पञ्‍जाबमा २१ जनाको मृत्यु

एजेन्सी – भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा

ट्रम्पको ‘उपहार’ प्रकरण : अमेरिकाको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचारको गन्ध

काठमाडौं– अमेरिकी सरकारको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचार र पदको दुरुपयोग

वैमनस्य बिर्सिँदै कांग्रेस-एमाले, बाजुराको विकासमा सहकार्य गर्न दुवै दलका नेताहरू सहमत

धनगढी– राजनीतिक लडाइँ र झगडाकै कारण चर्चामा रहने बाजुरालाई फरक

निजामती अस्पतालमै छन् ३ सय ७७ जना ज्यालादारी डाक्टर र नर्स

काठमाडौं– स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेका चिकित्सक र नर्स अस्पतालबाटै