विप्लवसँग वार्ता हुने विषयले कतिपयलाई छटपटी भइरहेको छ : प्रधानमन्त्री ओली (भिडियोसहित) | Khabarhub Khabarhub

विप्लवसँग वार्ता हुने विषयले कतिपयलाई छटपटी भइरहेको छ : प्रधानमन्त्री ओली (भिडियोसहित)


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित विप्लव नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भएको टिप्पणी गरेका छन् ।

पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटी भएको टिप्पणी गरेका हुन्।

हेरौँ भिडियो


प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेको बताए ।

सम्बोधनकै क्रममा उनले वैशाकमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउँदै दुबै चरणको निर्वान गर्न सरकार तयार रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले वैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो बारेमा कसैले राम्रो भनोस् भनेर आफूले कार्य सम्पादन नगरेको बताउदै जनताको भलो गर्न कार्य सम्पदान गरिरहेको दाबी गरे ।

उनले दाहाल-नेपाल समूहलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भएको तर्क गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : २१ बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा