“स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स” सेमिनार सम्पन्न (फोटोफिचर) « Khabarhub

“स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स” सेमिनार सम्पन्न (फोटोफिचर)


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको राष्ट्रिय सेवादलद्वारा जंगी अड्डास्थित सभामण्डप हलमा आयोजित “स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स” विषयक सेमिनार सम्पन्न भएको छ ।

आइतबार विशेष समारोहकाबीच प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उक्त सेमिनार सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय गान, राष्ट्रिय सेवादल गान तथा प्रधानमन्त्रीद्वारा रचित “म मेरो देश बनाउँछु” बोलको गीतको भिडियो क्लिप प्रदर्शन गरिएको थियो ।

सेमिनारमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाबाट तालिम प्राप्त एनसीसी क्याडेटहरुले तालिममा सिकेका आफ्ना सीप तथा कौशल सामाजिक सेवा तथा सम्पदाहरुको संरक्षणमा निस्वार्थ प्रयोग गरिनुपर्ने बताए ।

उनले विज्ञान तथा प्रविधीको उच्चतम उपयोगबाट शिक्षा स्वास्थ्य तथा विकासमा पछि परेको अवस्थाबाट देशलाई अगाडी बढाउँदै नेपाल सरकारले अवलम्बन गरेको “समृद्ध नेपाल: सुखी नेपाली” को आकांक्षा प्राप्त गर्न सकिने बताए ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्र, समाज र जनजीवनले सामना गरिरहेका तथा भविष्यमा आइपर्नसक्ने सम्भावित संकट एवं चुनौतीहरुको सामना गर्न राष्ट्रिय सेवा दल तालिमबाट दिक्षितहरु परिचालन हुने बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, नं. २ प्रदेश प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकूलपति, राष्ट्रपति कार्यालयका प्रमुख स्वकिय सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु तथा उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरु, अन्य सुरक्षा निकायका महानिरिक्षक तथा बरिष्ठ अधिकृतहरु, गैह्र सैनिक निकायका विज्ञहरु लगायतको उपस्थिति रहेको थियो ।

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ४९ बजे

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा