"स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स" सेमिनार सम्पन्न (फोटोफिचर) | Khabarhub Khabarhub

“स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स” सेमिनार सम्पन्न (फोटोफिचर)


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको राष्ट्रिय सेवादलद्वारा जंगी अड्डास्थित सभामण्डप हलमा आयोजित “स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स” विषयक सेमिनार सम्पन्न भएको छ ।

आइतबार विशेष समारोहकाबीच प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उक्त सेमिनार सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय गान, राष्ट्रिय सेवादल गान तथा प्रधानमन्त्रीद्वारा रचित “म मेरो देश बनाउँछु” बोलको गीतको भिडियो क्लिप प्रदर्शन गरिएको थियो ।

सेमिनारमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाबाट तालिम प्राप्त एनसीसी क्याडेटहरुले तालिममा सिकेका आफ्ना सीप तथा कौशल सामाजिक सेवा तथा सम्पदाहरुको संरक्षणमा निस्वार्थ प्रयोग गरिनुपर्ने बताए ।

उनले विज्ञान तथा प्रविधीको उच्चतम उपयोगबाट शिक्षा स्वास्थ्य तथा विकासमा पछि परेको अवस्थाबाट देशलाई अगाडी बढाउँदै नेपाल सरकारले अवलम्बन गरेको “समृद्ध नेपाल: सुखी नेपाली” को आकांक्षा प्राप्त गर्न सकिने बताए ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्र, समाज र जनजीवनले सामना गरिरहेका तथा भविष्यमा आइपर्नसक्ने सम्भावित संकट एवं चुनौतीहरुको सामना गर्न राष्ट्रिय सेवा दल तालिमबाट दिक्षितहरु परिचालन हुने बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, नं. २ प्रदेश प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकूलपति, राष्ट्रपति कार्यालयका प्रमुख स्वकिय सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु तथा उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरु, अन्य सुरक्षा निकायका महानिरिक्षक तथा बरिष्ठ अधिकृतहरु, गैह्र सैनिक निकायका विज्ञहरु लगायतको उपस्थिति रहेको थियो ।

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ४९ बजे

एएफसी महिला एसियन कपको फाइनल पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

सिरहा– सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१-८२

मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण 

गोदावरी– कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा

शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन्

काठमाडौं– नेपाली कांग्रेसका नेता शिव हुमागाईंले गत असोजमा आएको बाढी–पहिरोपीडितका

पुल भाँचिएपछि नाला–च्यामासिङ सडक अवरुद्ध

काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा