प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको वरिष्ठ नेता पौडेलको आरोप (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको वरिष्ठ नेता पौडेलको आरोप (भिडियोसहित)


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको आरोप लगाएका छन् ।

आइतबार सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले विराटनगरमा भएको सभामा सम्बोधन गर्दै अदालतलाई धम्काएको बताएका हुन् ।

उनले अदालते संसद पुनःस्थापना गरे सेटिङ्गं र आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले बताए ।

हेरौँ भिडियो

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्रलाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट्र र संविधान बचाउन काँग्रेस लाग्नुपर्ने जिकिर गरे ।

काँग्रेस अहिलेको अवस्थामा चुनावको पछाडि लाग्न नहुने तर्क गर्दै पौडेलले जनताको हित हुने कार्यमा अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ३३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित