‘शीरमा देश र मनमा मधेस’ राखेर काम गर्छु : प्रदेश प्रमुख झा « Khabarhub

‘शीरमा देश र मनमा मधेस’ राखेर काम गर्छु : प्रदेश प्रमुख झा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आज पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्ने बताए ।

उनले देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्ने मौका पाएकामा खुशी व्यक्त गर्दै विविधतालाई अवसरका रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति सद्भाव, प्रेम राख्दै प्रदेशलाई नमूना प्रदेश बनाउन आफ्नो सुझबुझ भ्याएसम्मको प्रयास गर्ने बताए ।

‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ, उनले भनेका छन्, ‘प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’

उनले आन्तरिक विभेद, असुरक्षा, कुनैपनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई सबै मिलेर समाधान गर्नुपर्ने जनाएका छन् ।

पदभार ग्रहण गर्नुअघि प्रदेश प्रमुख झाले जानकी मन्दिरमा पूजापाठ गरेका थिए । कार्यालय पुग्दा उनलाई नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।

आजै काठमाडौँबाट जनकपुर पुगेका उनलाई जनकपुर विमानस्थलमा १०१ किलोको फूलको मालाले स्वागत गरिएको थियो ।

उनले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : ०५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित