घुस अभियोगमा सशस्त्रका हवल्दार बस्नेतविरुद्ध मुद्दा « Khabarhub

घुस अभियोगमा सशस्त्रका हवल्दार बस्नेतविरुद्ध मुद्दा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगर गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार सरवनकुमार बस्नेतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार घरायसी प्रयोजनका लागि काठ तथा दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले बस्नेतलाई केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगका अनुसार सशस्त्र प्रहरी हबल्दार बस्नेतले घुस लिएको पुष्टि भएको पाइएपछि बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : १७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित