भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, तीन दिनमा १ लाख २४ संक्रमित « Khabarhub

भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, तीन दिनमा १ लाख २४ संक्रमित


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना संक्रमण दैनिक बढ्दै गएको छ ।

दैनिक संक्रमण बढ्दै गएको भारतमा पछिल्लो तीन दिनमा मात्रै १ लाख २४ हजार ४०८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ४३ हजार ८१५ जना संक्रमित भएका छन् । यसअघि

शनिबार ४० हजार ९५० र शुक्रबार ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख ९८ हजार ७१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १९६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ७९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख २८ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख १० हजार ८०१ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ४३ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल