भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, तीन दिनमा १ लाख २४ संक्रमित « Khabarhub

भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, तीन दिनमा १ लाख २४ संक्रमित


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना संक्रमण दैनिक बढ्दै गएको छ ।

दैनिक संक्रमण बढ्दै गएको भारतमा पछिल्लो तीन दिनमा मात्रै १ लाख २४ हजार ४०८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ४३ हजार ८१५ जना संक्रमित भएका छन् । यसअघि

शनिबार ४० हजार ९५० र शुक्रबार ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख ९८ हजार ७१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १९६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ७९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख २८ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख १० हजार ८०१ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ४३ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १