गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य | Khabarhub Khabarhub

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताए ।

उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट तत्काल विश्वासको मत लिनु पर्ने उल्लेख गर्दै देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओलीको मात्र दोष नभएर माधव नेपाल र प्रचण्ड पनि दोषी रहेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विगतमा जस्तै कांग्रेसले देशलाई निकास दिने बेला आएको बताउँदै शान्ति प्रक्रियामा कोइरालाले पुर्‍याएको योगदानको चर्चा गरे ।

पूर्वसांसद लेखनाथ न्यौपाने, जिपी फाउन्डेसन भक्तपुरका संयोजक विदुरमान सिंह बस्नेतलगायतले स्व कोइरालाले शान्ति, सहमति, एकता र सहकार्यको सिद्धान्तमार्फत देशलाई निकास दिएको र उनको यो कार्यशैली अहिले पनि अनुकरणीय रहेको चर्चा गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ५५ बजे

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको