गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य « Khabarhub

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताए ।

उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट तत्काल विश्वासको मत लिनु पर्ने उल्लेख गर्दै देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओलीको मात्र दोष नभएर माधव नेपाल र प्रचण्ड पनि दोषी रहेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विगतमा जस्तै कांग्रेसले देशलाई निकास दिने बेला आएको बताउँदै शान्ति प्रक्रियामा कोइरालाले पुर्‍याएको योगदानको चर्चा गरे ।

पूर्वसांसद लेखनाथ न्यौपाने, जिपी फाउन्डेसन भक्तपुरका संयोजक विदुरमान सिंह बस्नेतलगायतले स्व कोइरालाले शान्ति, सहमति, एकता र सहकार्यको सिद्धान्तमार्फत देशलाई निकास दिएको र उनको यो कार्यशैली अहिले पनि अनुकरणीय रहेको चर्चा गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ५५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक