टिप्परको ठक्करबाट थप एकको मृत्यु « Khabarhub

टिप्परको ठक्करबाट थप एकको मृत्यु


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक- टिप्परको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५:३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा टिप्पर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ४० बजे

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी