मनाङ ट्रक दुर्घटना अपडेट : मृतक संख्या ६ पुग्यो « Khabarhub

मनाङ ट्रक दुर्घटना अपडेट : मृतक संख्या ६ पुग्यो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनाङको नासों गाउँपालिकामा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नासों गाउँपालिका वडा नंबर ४, खोत्रो भन्ने स्थानमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बाँकी तीन जनामध्ये २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार मृत्यु हुनेमा मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनीषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जना ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

नासों गाउँपालिका १ तालका ३ वर्षीय थियोन गुरुङको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङ सदरमुकाम बेसीशहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : १० बजे

शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव

काठमाडौं– विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ