मनाङ ट्रक दुर्घटना अपडेट : मृतक संख्या ६ पुग्यो | Khabarhub Khabarhub

मनाङ ट्रक दुर्घटना अपडेट : मृतक संख्या ६ पुग्यो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनाङको नासों गाउँपालिकामा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नासों गाउँपालिका वडा नंबर ४, खोत्रो भन्ने स्थानमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बाँकी तीन जनामध्ये २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार मृत्यु हुनेमा मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनीषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जना ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

नासों गाउँपालिका १ तालका ३ वर्षीय थियोन गुरुङको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङ सदरमुकाम बेसीशहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : १० बजे

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम

जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

काठमाडौं- सोमबार जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन