राष्ट्रपति भण्डारी बंगलादेशको राजकीय भ्रमणमा आज जाँदै, के के छन् तयारी ? « Khabarhub

राष्ट्रपति भण्डारी बंगलादेशको राजकीय भ्रमणमा आज जाँदै, के के छन् तयारी ?


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी आज दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन ।

उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् ।

त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको छ ।

त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।

भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् ।

भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ । जसले ढाकामा जन्म शताब्दी समारोह कार्यक्रमको दौरान सांस्कृतिक प्रदर्शन देखाउँनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १२ : ११ बजे

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको