‘ड्रेस टु इम्प्रेस–३’ मा ९८ डिजाइनर प्रतिष्पर्धी « Khabarhub

‘ड्रेस टु इम्प्रेस–३’ मा ९८ डिजाइनर प्रतिष्पर्धी


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धी डिजाइनहरुले शनिवार प्रि–जर्जिङ राउण्ड फेस गरेका छन् ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैंले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन् ।

बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन, निभा श्रेष्ठ, व्यवसायी मञ्जु महर्जन र कोरियोग्राफर रोजिन शाक्य निर्णायक थिए ।

यही आउँदो शुक्रबार ललितपुरस्थित याक प्यालेसमा हुने ग्राण्ड फिनालेका लागि सम्पूर्ण तयारी पूरा भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेपाले बतए ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् । यस डिजाइनर कन्टेस्टमा प्रतिस्पर्धीहरु आईआईएफटीकै विद्यार्थी हुन् ।

बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अभिवृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।

‘डेस टु इम्प्रेस’मा प्रतिस्पर्धी डिजाइनरहरुलाई मोडल तथा कोरियोग्राफर विपना थापाले प्रशिक्षण दिइरहेकी छन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

प्रतिस्पर्धाबाट विजेता एकजनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : ५४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का