‘ड्रेस टु इम्प्रेस–३’ मा ९८ डिजाइनर प्रतिष्पर्धी « Khabarhub

‘ड्रेस टु इम्प्रेस–३’ मा ९८ डिजाइनर प्रतिष्पर्धी


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धी डिजाइनहरुले शनिवार प्रि–जर्जिङ राउण्ड फेस गरेका छन् ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैंले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन् ।

बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन, निभा श्रेष्ठ, व्यवसायी मञ्जु महर्जन र कोरियोग्राफर रोजिन शाक्य निर्णायक थिए ।

यही आउँदो शुक्रबार ललितपुरस्थित याक प्यालेसमा हुने ग्राण्ड फिनालेका लागि सम्पूर्ण तयारी पूरा भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेपाले बतए ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् । यस डिजाइनर कन्टेस्टमा प्रतिस्पर्धीहरु आईआईएफटीकै विद्यार्थी हुन् ।

बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अभिवृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।

‘डेस टु इम्प्रेस’मा प्रतिस्पर्धी डिजाइनरहरुलाई मोडल तथा कोरियोग्राफर विपना थापाले प्रशिक्षण दिइरहेकी छन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

प्रतिस्पर्धाबाट विजेता एकजनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : ५४ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर