संविधानमाथि नै प्रहार हुन थाल्यो : प्रचण्ड (भिडियोसहित) « Khabarhub

संविधानमाथि नै प्रहार हुन थाल्यो : प्रचण्ड (भिडियोसहित)

‘मैले क्रान्तिको बाटो छोडेको छैन’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संधिवानमाथि नै प्रहार हुन थालेको बताएका छन् । नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार पारिएको संविधानमाथि नै प्रहार हुन थालेकाले यसको रक्षाका लागि सबै जुट्ने बेला आएको बताए ।

अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि भइरहेको प्रहारको प्रतिवादन गर्नुपर्ने बताए ।

उनले विशेषाधिकार बिना महिला र दलित वर्गले प्रतिस्पर्धा गर्न सक्दैनन् भन्दै त्यसका लागि संविधानमै महिला, दलित, आदिवासी, मधेशी, मुस्लिमको विशेषाधिकार कायम गर्नुपर्ने बताए ।

हेरौँ भिडियो

प्रचण्डले प्राप्त अधिकार लिने र लिन बाँकी अधिकारका लागि आन्दोलन जारी राख्नुपर्ने बताए । क्रान्तिको बाटोबाट आफू टाढा नरहेको भन्दै प्रचण्डले केही शैली परिवर्तनमात्र भएको बताए । सबै नेपाली अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

संविधानले पछाडि पारिएको वर्गलाई तलदेखि माथिसम्मका निकायमा समावेश गर्ने व्यवस्था लागू गरेकाले माथिल्लो तह र तप्कामा रहेका केही व्यक्तिलाई यो संविधान घाँडो भएको प्रचण्डको आरोप छ ।

प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाउनु दलितलाई माथिल्लो तहमा जान नदिने मानसिकता रहेको भन्दै प्रचण्डले अब सबै सचेत हुने बेला भएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : १४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको