संविधानमाथि नै प्रहार हुन थाल्यो : प्रचण्ड (भिडियोसहित) « Khabarhub

संविधानमाथि नै प्रहार हुन थाल्यो : प्रचण्ड (भिडियोसहित)

‘मैले क्रान्तिको बाटो छोडेको छैन’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संधिवानमाथि नै प्रहार हुन थालेको बताएका छन् । नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार पारिएको संविधानमाथि नै प्रहार हुन थालेकाले यसको रक्षाका लागि सबै जुट्ने बेला आएको बताए ।

अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि भइरहेको प्रहारको प्रतिवादन गर्नुपर्ने बताए ।

उनले विशेषाधिकार बिना महिला र दलित वर्गले प्रतिस्पर्धा गर्न सक्दैनन् भन्दै त्यसका लागि संविधानमै महिला, दलित, आदिवासी, मधेशी, मुस्लिमको विशेषाधिकार कायम गर्नुपर्ने बताए ।

हेरौँ भिडियो

प्रचण्डले प्राप्त अधिकार लिने र लिन बाँकी अधिकारका लागि आन्दोलन जारी राख्नुपर्ने बताए । क्रान्तिको बाटोबाट आफू टाढा नरहेको भन्दै प्रचण्डले केही शैली परिवर्तनमात्र भएको बताए । सबै नेपाली अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

संविधानले पछाडि पारिएको वर्गलाई तलदेखि माथिसम्मका निकायमा समावेश गर्ने व्यवस्था लागू गरेकाले माथिल्लो तह र तप्कामा रहेका केही व्यक्तिलाई यो संविधान घाँडो भएको प्रचण्डको आरोप छ ।

प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाउनु दलितलाई माथिल्लो तहमा जान नदिने मानसिकता रहेको भन्दै प्रचण्डले अब सबै सचेत हुने बेला भएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : १४ बजे

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको