पर्यटकको सुरक्षामा प्रहरीको ध्यान « Khabarhub

पर्यटकको सुरक्षामा प्रहरीको ध्यान


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।

हिमाली पदयात्राका लागि दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा गस्ती परिचालन गरिएको हो ।

जिल्लाको भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिन नेपाल प्रहरीका साथै पर्यटन प्रहरीसमेत परिचालन भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । यात्राका क्रममा कुनै असहज स्थानमा नजान र सुरक्षा आवश्यक पर्नासाथ नजीकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवामा खबर गर्न पर्यटकलाई आग्रह गरिएको छ ।

३९ अपराध मुद्दा
यसैबीच चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लाभित्र भएका अपराधलगायत घटनाको विवरण सार्वजनिक भएको छ । जिल्लामा ३९ घटना भएको र ती सबैको मुद्दा कानूनी दायरामा पुर्‍याउन नेपाल प्रहरी सफल भएको छ ।

कानूनी दायरामा लगिएका मुद्दामा भवितव्य ज्यान दश, आत्महत्या पाँच, बहुविवाह र सवारी ज्यान तीनतीन, फुटकर ज्यान दुई, जबर्जस्ती करणी, करणी उद्योग र शरीर बन्धक कर्तव्य ज्यान एकएक तथा अन्य सार्वजनिक अपराध १२ छन् । करीब ४३ हजार जनसङ्ख्या रहेको जिल्लामा सुरक्षा व्यवस्था मजबुत पार्न मातहतको चौकीलाई थप सजग गराउनाका साथै अलावा विशेष गस्तीसमेत अगाडि बढाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

यस्तै कोभिड– १९ को प्रभाव शून्यमा झरेसँगै पासाङ्ल्हामु राजमार्गमा बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापन मजबुत पारिएको र नक्कली इजाजतपत्र बनाई सवारी चलाउनेमाथि निगरानी बढाइएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले बताए ।

हल्का सवारी साधन चलाउन इजाजत पाएका सवारी चालकले ठूलो सवारी साधन गुडाएको पाइएकाले त्यस्तामाथि समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पासाङल्हामु राजमार्गमा एसी तथा डिलक्स बस यातायात कार्यालयको दर्ताविना सञ्चालन गरेको पाइएकाले नियमानुसार प्रक्रिया पूरा गराउन एक महिनाको समयावधि प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : २० बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको