आर्मीले जित्यो इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि « Khabarhub

आर्मीले जित्यो इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

आजको फाइनल खेलमा भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा आर्मीले विमानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले विमानलाई १७-२५, २२-२५, २५-१४, २५-१८ र १५-१२ ले हराउँदै उपाधि जितेको हो ।

सुरुवाती दुई सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट प्रर्दशनका साथ लगातार तीन सेट जित्दै उपाधि जितेको हो । आर्मीले विमानलाई समूह चरणमा ३-२ ले पराजित गरेको थियो ।

उपाधिसँगै आर्मीले २ लाख नगद पुरस्कार जितेको छ । उपबिजेता बनेको विमानले १ लाख प्राप्त गरेको छ।

प्रतियोगिताको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

आर्मी समूह ‘ए’ को विजेता तथा विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ३९ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको