फागु पर्व शुरु, पशुपति र वसन्तपुरमा ‘चिर’ गाडियो « Khabarhub

फागु पर्व शुरु, पशुपति र वसन्तपुरमा ‘चिर’ गाडियो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागुपूर्णिमा अर्थात् होली पर्व शुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने काम (चिरोत्थान) गरिएको छ ।

गुह्येश्वरी जङ्गलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको हाँगो काटी गुह्येश्वरी, गोरखनाथ र पशुपतिमा चढाएर ती स्थानमा पनि लिङ्गो गाडिने परम्परा रहेको युवा हिन्दू महासङ्घ वसन्तपुरका अध्यक्ष राजन महर्जनले राससलाई जानकारी दिए ।

मयलको हाँगो काटेर ल्याई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान ८ः२६ बजे चिरोत्थान गरिएको हो ।

वसन्तपुरका पनि चार स्थानमा चिरोत्थान गरिएको छ । हनुमानढोका दरबार क्षेत्रका सुन्दरीचोक, दाखचोक, हनुमान मन्दिरअघि र गद्दी बैठकअघि गरी चार स्थानमा लिङ्गो गाडिएको छ ।

पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने चलन प्राचीनकालदेखि रही आएको छ । आज बिहान चिरोत्थान गरिएसँगै फागु पर्व शुरु भएको मानिन्छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ ।

फाल्गुन शुक्ल अष्टमीका दिन गाडिएको लिङ्गो फाल्गुन शुक्ल पूर्णिमाका दिन बेलुकी ८ः३६ बजे ढाल्न शुभ हुने साइत समितिले दिएको छ ।

लिङ्गो ढालेर त्यसै बेलुकी ८ः५६ मा दहन गर्नुपर्ने समितिले जनाएको छ । चिरोत्थानका लागि मयलको हाँगो काट्ने, ल्याउने र गाड्ने काममा वसन्तपुर क्षेत्रका मानन्धर समाजका सदस्य सक्रिय हुने परम्परा रही आएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ४ : २२ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले