त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका काम चुस्त बनाउन मन्त्री ढकालको निर्देशन « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका काम चुस्त बनाउन मन्त्री ढकालको निर्देशन


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गरेका छन् ।

मन्त्री ढकालले अनुगमन गर्दै विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई ७ दिने निर्देशन समेत दिएका छन् ।

विमानस्थल भित्रको निर्माणको कामले गर्दा कतिपय असहजता थपेकाले यात्रु​लाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका कामकारवाही गराउन पनि निर्देशन दिए ।

 

अनुगमनमा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, विमानस्थल प्रमुख प्रतापबाबु तिवारीलगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ४५ बजे

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको

पार्टीविरोधी गतिविधि गरेको आरोपमा उदयबहादुर राना ‘दीपक’ सबै जिम्मेवारीबाट मुक्त

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको