पार्टीभित्रका चुनाैती सामना गर्न प्रवासी नेपाली मञ्चलाई महासचिव पोखरेलको आग्रह « Khabarhub

पार्टीभित्रका चुनाैती सामना गर्न प्रवासी नेपाली मञ्चलाई महासचिव पोखरेलको आग्रह


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवास सम्बद्ध कार्यकर्तालाई आह्वान गरेका छन् ।

आइतबार पार्टी सम्बद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्बोधन उपप्रधानमन्त्री पोखरेलले भने, “हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँ, कम्युनिस्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको शृङ्खला व्यहोर्दै आएका हौँ, ती सबैबाट शिक्षा लिएका पनि छौँ ।”

उनले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगत गराउँदै विगतको कतिपय सन्दर्भलाई बिर्सेर ठूलो छाती बनाएर सङ्गठित र एकताबद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्बद्ध सबैलाई आह्वान गरे ।

भेलामा विभिन्न देशका २६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च हङकङका अध्यक्ष भक्त गुरुङले स्वागत र बेलायतका अध्यक्ष भक्त गुरुङले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : ०४ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको