महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डनमा गान्धीलाई उनका एक पादरी मित्रले आइतबारको दिन आफूकहाँ भोजन गर्न बोलाए । उनले गान्धीका लागि शाकाहारी भोजनको व्यवस्था गरेका थिए । उनका बच्चाहरुले गान्धीसँग सोधे— तपाइँ मासु किन खानुहुन्न ?

सबै जीवमा प्राण छ । यदि हामीलाई कसैले मारेर खायो भने कस्तो लाग्नेछ ?

बच्चाहरुले आफ्ना पादरीसँग भने— ड्याडी हामीलाई त गान्धीजीको धर्म धेरै राम्रो लाग्यो । हामी त्यसलाई नै अपनाउने छौँ ।

बच्चाका कुरा सुनेर पादरीलाई तलको जमिन खस्किएझैँ अनुभव भयो ।

उनले गान्धीसँग भने— आजदेखि म आफ्नो निमन्त्रणा फिर्ता लिन्छु । म त तपाइँलाई इसाई बनाउने उद्देश्यले मित्रता गाँसिरहेको थिएँ । तपाइँले उल्टै मेरो परिवारलाई आफूतिर तान्नुभयो ।

वस्तुतः जीवनमा विचारभन्दा अधिक आचारको प्रभाव पर्छ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : ३० बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको