राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (पिटिआई)- भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।”

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्‍यालीहरुमा सहभागी भएका थिए । उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्‍यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ५५ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग