केही देशले मात्र वैश्विक नियम बनाउन सक्दैनन्– चिनियाँ राष्ट्रपति सी « Khabarhub

केही देशले मात्र वैश्विक नियम बनाउन सक्दैनन्– चिनियाँ राष्ट्रपति सी


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चिनफिङले केही देशले मात्र वैश्विक नियम बनाउन नसक्ने बताएका छन् ।

उनले केही देशले मात्रै बनाएको नियम जबरजस्ती पालना गराउन खोज्ने कोशिश भए कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् ।

बोआओ फोरमलाई मंगलबार सम्बोधन गर्दै सीले एक वा दुई राष्ट्र मात्र मिलेर वैश्विक नियम बनाउन हुने बताए । फोरमको बैठकमा एसियाली मुलुकका अधिकांश कार्यकारी प्रमुखहरु सहभागी थिए।

अमेरिकाको नाम नलिइकन सीले निशाना साँधेको बीबीसीमा उल्लेख छ। उनले विश्व अब एक–दुई देशले तय गरेको नियमअनुसार चल्न नसक्ने बताएका हुन्। सबैलाई न्याय मिल्नुको सट्टा अहिले निश्चित शक्तिहरुले बोलवाला चाहेको तथा जवाफदेही नभएको सीले दाबी गरे।

अमेरिका र पश्चिमा राष्ट्रबाट कटुतापूर्ण व्यवहार झेलिरहँदा पनि विश्व महाशक्ति बन्ने यात्रामा रहेको चीनका राष्ट्रपतिको यो अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ ।

राष्ट्रपति सीले भनेका छन्, ‘संयुक्त शक्ति र एउटा महामारीले विश्वलाई अस्थिर गराइदिएको छ, यी दुवै झट्ट हेर्दा देखिँदैन। बहु-ध्रुवीय शक्ति समीकरणमा कुनै मौलिक परिवर्तन देखिएको छैन, आर्थिक वैश्वीकरण केही उदार भएको छ। अब हामी बहु-ध्रुवीय विश्वतर्फ अघि बढ्न जरुरी छ। संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय व्यवस्था मात्रै सबैलाई मान्य हुनसक्छ।’

यसअघि जनवरीमा सी जिनपिङले विश्व आर्थिक मञ्चमै अमेरिकी नेतृत्वलाई टुक्रे गुट संज्ञा दिएका थिए। चीनले अहिलेहाल जापान, अष्ट्रेलिया, भारत र अमेरिका संलग्न क्वाड गठबन्धनप्रति असन्तुष्टि जनाइरहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ३८ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग