कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै « Khabarhub

कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ ।

कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताए ।

चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो । उनका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा ठेक्का लागेर अर्को वर्ष काम हुनेछ । यसका लागि बजेट छुट्टाइएको उनको भनाइ छ ।

उनले भने, “यो वर्ष शुरु भएपछि अर्को वर्ष चार/पाँच महिनामा सकिन्छ ।”

केही वर्ष पहिलेसम्म पनि काठमाडौँ उपत्यकामा कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम नगरेकामा विभाग आफैँले केही वर्षयता गरेर झण्डै १९ ठाउँमा बत्ती जडान गरिसकेको छ ।

विभागलाई स्थानीय तहलगायत अरु निकायले जडान गरेकामा सम्पर्क नगरी जडान भइरहेको युनिट चिफ ओझाले जानकारी दिए । अहिलेसम्म बत्ती जसजसले जडान गरेको छ उसले ‘सिस्टम’ आआफ्नो तरिकाले राख्ने गरेको उनले जानकारी दिए ।

उनका अनुसार जेठसम्म मर्मत अवधि भएकाले त्यसपछि ‘सिस्टम’ विभागलाई हस्तान्तरण हुनेछ ।

विभागले जडान गरेका ठाउँमा पनि ‘मर्मत अवधि’ चलिरहेकाले अहिलेसम्म त्यसको ‘सिस्टम’ आउन बाँकी छ । जडान गर्ने कम्पनीले हस्तान्तरण गरेपछि केही अपडेट गर्नुपर्ने उनले बताए । ‘प्रोग्राम’ नियन्त्रणको काम विभागको हुनेछ ।

उपत्यकामा रहेका सबै बत्तीको कुन समयसम्म कुन बत्ती बल्ने भनी समयको निर्धारण र नियन्त्रणको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्तीका कारण सवारीसाधन व्यवस्थापन सजिलो बन्दै गएकाले उपत्यका र उपत्यका बाहिर पनि यसको माग आइरहेको छ ।

उपत्यका बाहिर पोखरा, वीरगञ्जलगायतका शहरी क्षेत्रमा पनि यसको माग छ । अहिलेसम्म काठमाडौँ उपत्यका बाहिरमा पोखरामा एउटा चोकमा बत्ती जडान भएको छ । विस्तारको क्रममा रहेको वीरगञ्ज–पथलैया सडकका विभिन्न खण्डमा बत्ती जडान गरिने भएको छ ।

सडक निर्माणको ठेक्कामा नै बत्ती जडान समेटिएको बताइएको छ । काठमाडौँ उपत्यका बाहिरका जनसङ्ख्या र सवारी चाप बढी भएका शहरमा यसको माग गर्ने क्रम बढिरहेको छ ।

काठमाडौँ उपत्यकामा केही वर्ष पहिले नै विभिन्न चोकमा बत्ती जडान भएपनि प्रयोगमा आउन सकेको थिएन । जडीबुटी, कोटेश्वर, थापाथलीलगायतका चोकमा कुनै निकायको सहयोगमा र कतै परीक्षणका लागि बत्ती जडान भएपनि प्रयोगमा आउन नसकेको हो ।

बत्ती नहुँदा सवारीसाधनको व्यवस्थापनको काम ट्राफिक प्रहरीले चोक चोकमा उभिएर गर्दै आएका थिए । अहिले बत्ती जडान भएका स्थानमा कम सङ्ख्यामा मात्रै ट्राफिक प्रहरी खटिएको देख्न सकिन्छ ।
विभागले चालु आबमा विभिन्न स्थानमा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता गरिसकेको छ ।
अहिलेसम्म चक्रपथ वा चक्रपथभित्रका स्थानमा मात्रै ट्राफिक बत्ती जडान भइरहेकामा उपत्यकामा चक्रपथको बाहिरी क्षेत्रमा यसको माग बढिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ५४ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन