टेलिकमको नेटवर्क सम्बन्धी समस्या समाधान गर्न संसदीय समितिको निर्देशन « Khabarhub

टेलिकमको नेटवर्क सम्बन्धी समस्या समाधान गर्न संसदीय समितिको निर्देशन


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्कसम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा, अर्थ समितिको आजको बैठकमा सांसदले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औँल्याए । चालु आवको बजेट कार्यान्वयनको अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल भएको थियो ।

सांसद श्यामकुमार श्रेष्ठले ग्रामीण क्षेत्रका डाँडामा मात्रै नेटवर्क टिप्ने र गैरो गाउँमा नटिप्ने समस्यालाई समाधान गर्दै फोरजी सेवालाई सबै जनताको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

सांसदले प्रभावकारी नदेखिएको हुलाक सेवालाई सरकारले कुरियर सेवामा परिणत गर्दै गाउँगाउँसम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभएको थियो । समिति सभापति कृष्णप्रसाद दाहालले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको बताउँदै हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए । उनले आइटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए ।

सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्ररूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको जानकारी गराए । उनले मुलुकको एकमात्र राष्ट्रिय समाचार समिति (रासस) को भवन नभएका स्थानमा भवन निर्माणका लागि आगामी बजेटमा समावेश गरिने बताए ।

सचिव बस्यालले हुलाकी सेवालाई प्राधिकरणको मोडलमा लैजाने, पत्रकारको प्रेसपासको समस्या र सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत विषय प्राथमिकताका साथ आगामी बजेटमा समावेश गर्ने तयारी भइरहेको पनि जानकारी दिए । समितिका सचिव सुरेन्द्र आचार्यले सञ्चार मन्त्रालयअन्तर्गतका विभाग र संस्थानले समितिसामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : १५ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण