तातोपानी नाकाबाट दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्दै निजी क्षेत्र « Khabarhub

तातोपानी नाकाबाट दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्दै निजी क्षेत्र


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन सरकारले अनुदानमा दिने भनिएको अक्सिजत सिलिन्डरलगायत स्वास्थ्य सामग्री पर्याप्त मात्रामा आउन ढिलाई भइरहेका बेला निजी क्षेत्रले भने तातोपानी नाका हुँदै दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्न थालेका छन् ।

सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष तथा व्यावसायी रमेश शेर्पाका अनुसार ब्यापारीहरुले व्यापारीका प्रयोजनका लागि दैनिक रुपमा सिलिन्डर आयात गर्न लागेका हुन् । अध्यक्ष शेर्पाले भने, ‘अहिले हामीले ब्यापारीको प्रयोजनका लागि दैनिक रुपमा अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामाग्री आयात गरिरहेका छौं । बजारको माग र आवश्यक्ता अनुसार यो क्रम निरन्तर रहने छ ।’

नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।तातोपानी भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमका अनुसार चीनबाट बुधबार मात्र ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको थियो । त्यसैगरी मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ४५ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य