११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम « Khabarhub

११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। ११ दिनको द्वन्द्वपछि दुवै पक्षले द्वन्द्व रोक्ने सहमति गरेका छन्।

यो द्वन्द्वमा कम्ती २४० जनाको मृत्यु भएको छ । जसमा धेरैजसो मृत्यु गाजामा भयो। इजरायलको क्याबिनेटले आपसी सहमति र बिना शर्त युद्धविराम गर्ने निर्णय गरेको छ।

हमासका एक अधिकारीका अनुसार दुवै पक्षबीच भएको सहमति स्थानीय समयअनुसार शुक्रबार राति २ बजेदेखि लागू भएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविराम गर्ने सहमतिपछि भनेका छन्, ‘यो युद्धविरामले दुवै पक्षबीच प्रगतिको राम्रो अवसर लिएर आउने छ।’

द्वन्द्वका क्रममा इजरायलले गाजामा १०० भन्दा बढी हमला गरेको थियो। हमासले पनि इजरायलविरुद्ध जवाफी रकेट बर्साएको थियो।

गाजामा मे १० मा लडाइँ शुरु भएको थियो। यसअघि इजरायल र प्यालेस्टाइन चरमपन्थीका बीच पूर्वी यरुसलमलाई लिएर कयौँ हप्तादेखि विवाद थियो।

मे ७ मा अल-अक्सा मस्जिद नजिक यहूदीहरु र अरबीहरुबीच झडप भयो। जसलाई दुवैले पवित्र स्थल मान्छन्। यसको दुई दिनपछि इजरायल र हमासले एक अर्काबीच हमला शुरु गरेका थिए।

इजरायली हमलाबाट गाजामा अहिलेसम्म २३२ जनाको मृत्यु भएको छ। गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा करिब १०० जना महिला र बच्चा छन्।

इजरायलका अनुसार भने मृत्यु हुनेमा कम्तीमा १५० जना चरमपन्थी सामेल थिए। हमासले मृत्युबारे केही जानकारी दिएको छैन।

इजरायलमा भएको रकेट हमलामा १२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ५५ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल