११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम | Khabarhub Khabarhub

११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। ११ दिनको द्वन्द्वपछि दुवै पक्षले द्वन्द्व रोक्ने सहमति गरेका छन्।

यो द्वन्द्वमा कम्ती २४० जनाको मृत्यु भएको छ । जसमा धेरैजसो मृत्यु गाजामा भयो। इजरायलको क्याबिनेटले आपसी सहमति र बिना शर्त युद्धविराम गर्ने निर्णय गरेको छ।

हमासका एक अधिकारीका अनुसार दुवै पक्षबीच भएको सहमति स्थानीय समयअनुसार शुक्रबार राति २ बजेदेखि लागू भएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविराम गर्ने सहमतिपछि भनेका छन्, ‘यो युद्धविरामले दुवै पक्षबीच प्रगतिको राम्रो अवसर लिएर आउने छ।’

द्वन्द्वका क्रममा इजरायलले गाजामा १०० भन्दा बढी हमला गरेको थियो। हमासले पनि इजरायलविरुद्ध जवाफी रकेट बर्साएको थियो।

गाजामा मे १० मा लडाइँ शुरु भएको थियो। यसअघि इजरायल र प्यालेस्टाइन चरमपन्थीका बीच पूर्वी यरुसलमलाई लिएर कयौँ हप्तादेखि विवाद थियो।

मे ७ मा अल-अक्सा मस्जिद नजिक यहूदीहरु र अरबीहरुबीच झडप भयो। जसलाई दुवैले पवित्र स्थल मान्छन्। यसको दुई दिनपछि इजरायल र हमासले एक अर्काबीच हमला शुरु गरेका थिए।

इजरायली हमलाबाट गाजामा अहिलेसम्म २३२ जनाको मृत्यु भएको छ। गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा करिब १०० जना महिला र बच्चा छन्।

इजरायलका अनुसार भने मृत्यु हुनेमा कम्तीमा १५० जना चरमपन्थी सामेल थिए। हमासले मृत्युबारे केही जानकारी दिएको छैन।

इजरायलमा भएको रकेट हमलामा १२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ५५ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता