जसरी पनि वैकल्पिक सरकार दिऔँ– डा. भट्टराई | Khabarhub Khabarhub

जसरी पनि वैकल्पिक सरकार दिऔँ– डा. भट्टराई


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले जसरी पनि वैंकल्पिक सरकार दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले लौरो उभ्याएरै भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताए ।

डा. भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रश्न अहंम भएको भन्दै जे गर्दा रक्षा हुन्छ त्यही गर्नुपर्ने धारणा राखेका छन् । उनले सबैले आवश्यक त्याग र बलिदान गर्दै लौरो उभ्याएर भएपनि संविधानको धारा ७६(५) अनुसारको वैकल्पिक सरकार दिनुपर्ने बताए ।

‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहंम प्रश्न हो । जे गरेर रक्षा हुन्छ त्यही गरौँ ।’ उनले भनेका छन्, ‘सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ । आजै गरौँ,अहिल्यै गरौँ ।’

उनले बिपी कोईराला, पुष्पलालदेखि अहिलेको पुस्ताले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने पनि बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ३८ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्