जसरी पनि वैकल्पिक सरकार दिऔँ– डा. भट्टराई « Khabarhub

जसरी पनि वैकल्पिक सरकार दिऔँ– डा. भट्टराई


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले जसरी पनि वैंकल्पिक सरकार दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले लौरो उभ्याएरै भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताए ।

डा. भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रश्न अहंम भएको भन्दै जे गर्दा रक्षा हुन्छ त्यही गर्नुपर्ने धारणा राखेका छन् । उनले सबैले आवश्यक त्याग र बलिदान गर्दै लौरो उभ्याएर भएपनि संविधानको धारा ७६(५) अनुसारको वैकल्पिक सरकार दिनुपर्ने बताए ।

‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहंम प्रश्न हो । जे गरेर रक्षा हुन्छ त्यही गरौँ ।’ उनले भनेका छन्, ‘सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ । आजै गरौँ,अहिल्यै गरौँ ।’

उनले बिपी कोईराला, पुष्पलालदेखि अहिलेको पुस्ताले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने पनि बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ३८ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा