बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक शुरू « Khabarhub

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक शुरू


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले जारी छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि , महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का , कोषाध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, डा. प्रकाश शरण महत, प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल, नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेल लगायतको उपस्थिति छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ प्रक्रिया शुरू गर्न नहुने प्रारम्भिक प्रतिक्रिया जनाएको कांग्रेसले यसबारे आज औपचारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : २६ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल