कोरोना कहर : बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्‍यु | Khabarhub Khabarhub

कोरोना कहर : बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्‍यु


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यो तथ्यांक बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्मको हो ।

मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया र प्‍युठानका रहेको ओलीले बताए ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१० बाँकेका ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-१३ की ६३ वर्षीया महिलाको बिहीबार राति १०:४५ बजे, बाकेँकै खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरूषको बिहीबार राति १०: ५० बजे, खजुरा गाउपालिका-३ कै ६७ वर्षीय पुरुषको बिहीबार राति ११:५५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत राप्तिसोनारी गाउँपालिका-३ बाँकेका ३३ वर्षीय पुरूषको बिहीबार ११:३० बजे, राप्तिसोनारी गाउँपालिका-८ बाँकेकै ५५ वर्षीया महिलाको शुक्रबार विहान ४:२५ बजे, बैजनाथपुर गाउँपलिका-६ बाँकेका २५ वर्षीय पुरुषको शुक्रबार ६:४० बजे मृत्‍यु भएको छ भने बैजनाथ गाउँपालिका-४ की ४३ वर्षीया महिलाको शुक्रबार विहान ७:३० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरीमा उपचाररत कालिमाटी गाउँपालिका-२ सल्‍यानका ३४ वर्षीय पुरूषको बिहीबार साँझ ६:३० बजे र कपुरकोट गाउँपालिका-४ सल्‍यानकै ४४ वर्षीय पुरूषको शुक्रबार विहान ४ बजे मृत्‍यु भएको छ ।

यस्तै घोडाघोडी नगरपालिका-१० कैलालीकी ४० वर्षीया महिलाको बिहीबार साँझ ७:४० बजे नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्‍यु भएको छ भने लम्कीचुहा नगरपालिका ३ कैलालीकै ६७ वर्षीय पुरूषको बिहीबार राति ११ बजे भेरी अस्पताललमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा गुलरिया नगरपालिका-६ बर्दियाकी ५५ वर्षीया महिलाको बिहीबार राति १०:३० बजे, घोराही उपमहानगरपालिका-५ दाङकी ३५ वर्षीया महिलाको बिहीबार साँझ ५ बजे र स्वर्गद्वारी नगरपालिका-५ प्युठानकी ४० वर्षीय पुरूषको बिहीबार दिउँसो ३ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २६७ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २२२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ५४ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो