कोरोना कहर : बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्‍यु « Khabarhub

कोरोना कहर : बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्‍यु


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यो तथ्यांक बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्मको हो ।

मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया र प्‍युठानका रहेको ओलीले बताए ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१० बाँकेका ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-१३ की ६३ वर्षीया महिलाको बिहीबार राति १०:४५ बजे, बाकेँकै खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरूषको बिहीबार राति १०: ५० बजे, खजुरा गाउपालिका-३ कै ६७ वर्षीय पुरुषको बिहीबार राति ११:५५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत राप्तिसोनारी गाउँपालिका-३ बाँकेका ३३ वर्षीय पुरूषको बिहीबार ११:३० बजे, राप्तिसोनारी गाउँपालिका-८ बाँकेकै ५५ वर्षीया महिलाको शुक्रबार विहान ४:२५ बजे, बैजनाथपुर गाउँपलिका-६ बाँकेका २५ वर्षीय पुरुषको शुक्रबार ६:४० बजे मृत्‍यु भएको छ भने बैजनाथ गाउँपालिका-४ की ४३ वर्षीया महिलाको शुक्रबार विहान ७:३० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरीमा उपचाररत कालिमाटी गाउँपालिका-२ सल्‍यानका ३४ वर्षीय पुरूषको बिहीबार साँझ ६:३० बजे र कपुरकोट गाउँपालिका-४ सल्‍यानकै ४४ वर्षीय पुरूषको शुक्रबार विहान ४ बजे मृत्‍यु भएको छ ।

यस्तै घोडाघोडी नगरपालिका-१० कैलालीकी ४० वर्षीया महिलाको बिहीबार साँझ ७:४० बजे नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्‍यु भएको छ भने लम्कीचुहा नगरपालिका ३ कैलालीकै ६७ वर्षीय पुरूषको बिहीबार राति ११ बजे भेरी अस्पताललमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा गुलरिया नगरपालिका-६ बर्दियाकी ५५ वर्षीया महिलाको बिहीबार राति १०:३० बजे, घोराही उपमहानगरपालिका-५ दाङकी ३५ वर्षीया महिलाको बिहीबार साँझ ५ बजे र स्वर्गद्वारी नगरपालिका-५ प्युठानकी ४० वर्षीय पुरूषको बिहीबार दिउँसो ३ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २६७ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २२२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ५४ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ