शीर्ष नेता देउवा निवासमा, राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल « Khabarhub

शीर्ष नेता देउवा निवासमा, राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरुलाई सक्रिय बनाएको छ । बिहान पार्टी पदाधिकारी बैठक गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन् ।

देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।

कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे सल्लाह भइरहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि विपक्षी दलहरुलाई आह्वान गरेकी छन् । यसबारेमा पनि छलफल गर्नका लागि देउवाको नेतृत्वमा भेला आयोजना गरिएको हो ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ११ : ५६ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका