शीर्ष नेता देउवा निवासमा, राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल « Khabarhub

शीर्ष नेता देउवा निवासमा, राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरुलाई सक्रिय बनाएको छ । बिहान पार्टी पदाधिकारी बैठक गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन् ।

देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।

कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे सल्लाह भइरहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि विपक्षी दलहरुलाई आह्वान गरेकी छन् । यसबारेमा पनि छलफल गर्नका लागि देउवाको नेतृत्वमा भेला आयोजना गरिएको हो ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ११ : ५६ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।