शीर्ष नेताको बैठकपछि प्रचण्डले भने- चाँडै उपयुक्त निर्णय लिन्छौँ « Khabarhub

शीर्ष नेताको बैठकपछि प्रचण्डले भने- चाँडै उपयुक्त निर्णय लिन्छौँ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ ।

पार्टी पदाधिकारी बैठक पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठकमा पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको थियो ।

देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै उपयुक्त निर्णय लिइने बताए ।

उनले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल भएको जानकारी दिँदै अब कसरी अघि बढ्ने भन्नेबारेका विकल्पका विषयमा कुराकानी भएको बताए ।

उनले अब केही बेरमा उपयुक्त निर्णय लिने बताए । प्रचण्ड शीर्ष नेताको छलफल पछि पार्टीको स्थायी कमिटी बैठकमा जानेछन् । बैठक १ बजेलाई पेरिसडाँडामा बोलाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ०४ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ