देउवालाई भेट्न प्रचण्ड कांग्रेस संसदीय दलको कार्यालयमा « Khabarhub

देउवालाई भेट्न प्रचण्ड कांग्रेस संसदीय दलको कार्यालयमा


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् ।

अध्यक्ष प्रचण्ड आफ्नो दलका नेताहरुसँगको अनौपचारिक छलफल सकेर कांग्रेस संसदीय दलको कार्यालय पुगेका हुन् ।
माओवादी प्रमुख सचेतक देव गुरुङ भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक चलिरहेको स्थानमा पुगेको जनाइएको छ ।

कांग्रेसले आफ्ना सांसदहरुलाई समेत दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । त्यसैअनुसार कांग्रेस सांसदहरु दलको कार्यालयमा पुग्ने क्रम शुरु भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा सभापति देउवासहित महामन्त्री डाक्टर शशांक कोइराला र कृष्णप्रसाद सिटौला लगायतका नेताहरु पुगेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ४४ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।