सम्बन्धविच्छेदपछि पतिलाई सम्पत्ति दिँदै जाना « Khabarhub

सम्बन्धविच्छेदपछि पतिलाई सम्पत्ति दिँदै जाना


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–सामान्यतया सम्बन्धविच्छेद पछि पतिले पत्नीलाई उसले पाउनुपर्ने सम्पत्ति दिइन्छ ।

तर अमेरिकी गायिका जाना क्रेमर भने यो मामलामा फरक निस्किएकी छन् । उनले पति माइक कसिनसँग सम्बन्धविच्छेद गर्दै पतिलाई नै सम्पत्ति दिएकी छन् ।

आजतकका अनुसार ३७ वर्षीया जानाले ३४ वर्षे पति माइकलाई ५ लाख ९२ हजार ४ सय अमेरिकी डलर दिने भएकी छन् । यो रकम उनले विवाहपछिको घरका कारण दिन लागेकी हुन् ।

जानाले विवाहपछि पतिसँग बसेको घरलाई आफूसँग राख्नेछिन् । माइकले भने मास्टर बेडरुमको फर्निचर र बार रुम आफूसँग राख्नेछन् ।

यसबाहेक माइकको हिस्सामा ट्रक, डंबबेल्स र डेस्क परेको छ । दुवैले आफ्नो कानूनी खर्च तिर्नेछन् ।

जानाले ६ वर्ष अघि अप्रिलमा पतिसँग सम्बन्धविच्छेद गर्ने कुरा गरेकी थिइन् । सम्बन्धविच्छेदको रेकर्ड हेर्ने हो भने त्यसमा २० अप्रिल लेखिएको छ ।

जानाले सम्बन्धविच्छेदको निवेदन विलियमसन काउन्टीमा दिएकी छन् । यो निवेदन एडल्ट्री र अनुचित वैवाहिकमाथि दर्ता गरिएको थियो ।

जानाले अदालतसमक्ष दुई सन्तानको कस्टडीको माग पनि गरेकी छन् । उनीहरुका दुई वर्षका छोरा जेस र पाँच वर्षकी छोरी छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ०५ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु