नेपाल पक्षका सांसदहरूको भेला सुरू, कांग्रेस र माओवादीका नेताहरू पनि सहभागी « Khabarhub

नेपाल पक्षका सांसदहरूको भेला सुरू, कांग्रेस र माओवादीका नेताहरू पनि सहभागी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदहरूको भेला सुरू भएको छ । सिंहदरबारस्थित लेखा समितिको हलमा सांसदहरू भेला भएका हुन् ।

भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समय सीमाबारे छलफल हुने बताइएको छ । माधव नेपालसहित २० जनाभन्दा बढी सांसद भेलामा सहभागी छन् ।

उक्त भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि सहभागी भएका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र माओवादी नेताहरू वर्षमान पुन तथा देव गुरुङ नेता नेपाल पक्षीय सांसदको भेलामा पुगेका हुन् ।

जसपाको उपेन्द्र यादव पक्षीय नेता मोहम्मद इश्तियाक राई पनि बैठक स्थलमा देखिएका छन् । नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेताहरू सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ५८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका